images

शेयर बजार निरन्तर ओरालो तर्फ, कारोबार रकम पनि घट्यो

काठमाडौं । पछिल्ला केहि दिनदेखि शेयर बजार ओरालो लागि रहेको छ । बुधबार नेप्से परिसुचक १०।५० अंकले घटेर २७८५।७४ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि मंगलबार नेप्से परिसुचक २७९६।२४ बिन्दुमा पुगेर बन्द भएको थियो । नेप्से निरन्तर रुपमा ओारालो लाग्दा कारोबार रकम पनि घट्दै गएको छ ।आज कुल ३२१ स्टकको ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको छ । मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको थियो । आज सेन्सेटिभ इन्डेक्स १।६१ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०।६९ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०।६५ अंकले घटेको छ ।यसदिन मायाखोला हाइड्रोपावरको शेयर मूल्य २५।०५ रुपैयाँले बढेर ४६१।१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सानीमा लार्ज क्याप फण्डको शेयर मूल्य प्रतिकित्ता ०।४६ रुपैयाँले बढेर ११।११ रुपैयाँमा अन्तिम कारोबार भएको छ । नेपाल रिपब्लीक मिडिया लिमिटेडको शेयर मूल्य प्रतिकित्ता १७।३६ रुपैयाँले बढेर ४९२।१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी सप्तकोशी विकास बैंकको शेयर मूल्य प्रतिकित्ता २७।९७ रुपैयाँले बढेर ८६८।१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।यसदिन कुमारी बैंकको डिबेन्चरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । यसको मूल्य प्रतिकित्ता ११७ रुपैयाँले घटेर १११७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सिकलेस हाइड्रोपावर कम्पनीको शेयर मूल्य यसदिन प्रतिकित्ता ७४।५५ रुपैयाँले घटेर ९५७।९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बलेफी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ७।२४ रुपैयाँले घटेर २०२।३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन बलेफी हाइड्रोपावर, युनाइटेड मोदी इनर्जी, सिव्म सिमेन्ट, नेपाल रिइन्स्योरेनस लिमिटेड र एनआरएन इन्फ्रास्टक्चरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

बुधबार २८ साउन २०८२ ०४:०३ PM मा प्रकाशित

प्रतिक्रिया