images

आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो 

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ ।  मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

बुधबार २८ साउन २०८२ ०४:१५ PM मा प्रकाशित

प्रतिक्रिया