ओसाका, जापान । "राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको सान, भाषा, धर्म संस्कृती हाम्रो पहिचान" भन्ने मूल नारा सहित यस वर्षको मञ्जुश्री सम्बत २८६१ औं साः पुखी (सर्प) ल्हो, सोनाम ल्होछारको अवसरमा तामाङ समाज जापान कान्साई क्षेत्रीय समितिले भव्य रुपमा सांस्कृतीक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
जापानको ओसाकामा विभिन्न राष्ट्रिय कलाकारहरु सहित जापानमा रहेका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीमा कार्यक्रम आयोजना गरिएको तामाङ समाज जापान कान्साईका अध्यक्ष राज थिङले जानकारी दिनु भयो ।
नेपाली तामाङ सेलोका चर्चित गायक विश्व दोङ, चर्चित मोडल याङ्गी दोङ र गायीका रेश्मा बम्जनको प्रस्तुती रहने बताउनु भयो । जापानको ओसाकामा बस्ने आम नेपाली दाजुभाई तथा दीदीबहिनीका साथ सामूहिक रूपमा यही फेब्रओरी ३ तारिकमा भव्यताका साथ सोनाम ल्होछार मनाउन लागिएको हो।
कार्यक्रम ओसाका सहित टोकीयो, किता कान्तो, क्युशु, सेन्दाई, नागोया, ओकीनावामा हुने पनि जानकारी दिनु भयो ।
कार्यक्रमा तामाङ भेषभुषा तथा कला संस्कृतीको प्रर्दशनी एवं स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीमा कार्यक्रम आयोजना हुन लागेको समाजका अध्यक्ष थिङले जानकारी दिनु भयो ।
कार्यक्रम ओसाका, बेन्तेन्चोको मिनातो सेन्टर, बेन्तेन्चोमा हुने बताउनु भयो । 〒552-0003 Osaka, Minato Ward, Isoji, 1 Chome−7−17 内 Minatoku Tochikukakuseiri Kinen Koryu Hall
प्रतिक्रिया