अमेरिकाको एक डेरी फार्ममा आगलागी हुँदा १८ हजार गाई मरे

एजेन्सी - अमेरिकाको टेक्सासस्थित डेरी फार्ममा आगलागी हुँदा १८ हजार गाईहरू मरेका छन् ।

यसै हप्ताको सुरुमा भएको विस्फोटमा करिब १८ हजार गाईको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका हुन् । डिमिट शहर नजिकै साउथ फोर्क डेरीमा भएको विस्फोटमा परेर एक जना गम्भीर घाइते भएको बीबीसीले जनाएको छ ।