एसीसी इमर्जिङ टिम्स कप : नेपालले पाकिस्तान ‘ए’ लाई दियो १८० रनको लक्ष्य

काठमाडौँ - श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ‘ए’लाई जितका लागि १८० रनको लक्ष्य दिएको छ ।

कोलोम्बोस्थित कोलोम्बो क्रिकट क्लब ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको हो ।

नेपालका सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । एक समय १५.४ ओभरमा ७२.८ को दयनीय अवस्थामा पुगेको नेपाललाई प्रतिश जि।सी र सोमपाल कामीले ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

प्रतिश २४ बलमा १ चौका र २ छक्कासहित २६ रनमा क्याच आउट भए । सोमपालले अन्तिम विकेटका लागि ललित नारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । ललित १० बलमा एक रनमा नट आउट रहे । एक समय ९।१ ओभरमा ३९–६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि गुलशन झा र कुशल मल्लले २८ रनको साझेदारी गरेका थिए ।

कुशल मोहम्मद वासिम जुनियरको बलमा बोल्ड हुँदै १८ बलमा २ चौका र १ छक्का प्रहारका साथ पेभेलिएन फर्किए । अर्जुन साउद र कुशल मल्लले समान १७ रन बनाएका थिए ।