काठमाडौं । हिमालयनविल्डर्सएन्डइन्जियर्सको स्वामित्वमा रहेको कर्णालीयाक्सले विश्वक्रिकेटकै चर्चित खेलाडीशिखर धवनलाई टोलीमाअनुबन्ध गरेको छ । कर्णालीप्रदेशको प्रतिनिधित्व गरेको कर्णालीयाक्सले बिहीबार भारतीय राष्ट्रियटिमबाटतीनै फर्म्याटक्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गरायो । सम्झौतामामालिकझनकदत्तखनाल र खेलाडीधवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकमभने गोप्य राखिएको छ । सम्झौताहस्ताक्षर कार्यक्रममाकर्णालीयाक्सकामालिकझनकदत्तखनाल र धवनसँगै भारतकालागिकार्यवहाक राजदूतडाक्टर सुरेन्द्र थापासहितकर्णालीयाक्सका सह–मालिक गृहेन्द्र घिमिरेको उपस्थितिथियो । ३८ वर्षीय बायाँहाते ओपनरले भारतसँगै आईपिएलको दिल्लीक्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनीविश्वक्रिकेटकै सर्वाधिक सफल खेलाडीमाचिनिन्छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएलजिताएकाथिए । त्यस्तै, भारतलाई एसिसी एसियाकपको उपाधिजिताएकाछन् । धवनलाई कर्णालीयाक्समाअनुबन्ध गरेपछिमालिकझनकदत्तखनालले खुसीब्यक्त गरे । उनले नेपालीक्रिकेटकै लागिठूलो उपलब्धी रहेको बताए । ‘विश्वक्रिकेटकै चर्चित खेलाडीलाई नेपालीक्रिकेटमा समावेश गर्न पाउँदा सिंगो कर्णालीयाक्स टिम नै खुसीछौं । यो हाम्रो र नेपालीक्रिकेटको लागिठूलो उपलब्धीहो’ खनालले भने, ‘धवनको आगमनले कर्णालीयाक्सलाई मात्रै नभएर नेपालीक्रिकेट र नेपाली खेलाडीलाई फाइदापुग्ने विश्वास छ ।’ भारतकालागिकार्यवहाक राजदूतथापाले शिखर धवनलाई कर्णालीयाक्समार्फत नेपालमाभित्राउनु पर्यटनप्रवद्र्धनको लागि सुखद् सन्देश रहेको बताए । ‘शिखर धवनलाई भित्राउँदै पर्यटनप्रवद्र्धनमाकर्णालीयाक्सले सुखद् सुरुवात गरेको छ,’थापाले भने । कर्णालीयाक्समाअनुबन्धभएकाधवनले भारतको लागि ३२ टेष्टमादुई हजार तीन सय १३ रन बनाएकाछन् । १६७एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएकाछन् । त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएकाछन् । सह–मालिक गृहेन्द्र घिमिरेले ठूलो आर्थिक चुनौतीबीचधवनलाई अनुबन्ध गर्न सफलभएको बताए । ‘आर्थिक चुनौतीको बीचविश्वक्रिकेटकै प्रसिद्ध खेलाडीशिखर धवनलाई आगामीलिगको लागिअनुबन्ध गरेका छौं,’ घिमिरेले भने, ‘उनको आगमनसँगै नेपालीक्रिकेट र कर्णालीयाक्सले सफलताहातपार्ने आशा गरेका छौं ।’ धवनले आगामीलिगमाकर्णालीयाक्सबाट खेल्न उत्साहितभएको बताएकाछन् । ‘कर्णालीयाक्सले मलाई लिगको लागिअनुबन्ध गरेको छ । यो लिगखेल्न म निकै उत्साहितछु,’धवनले भने । ज्ञानेन्द्र मल्लमुख्यप्रशिक्षक रहेको कर्णालीयाक्सले चौथो विदेशी खेलाडीभित्राएको हो । यसअघि वेष्टइन्डिजकाचादविकएन्टोनिओ किर्कपाट्रिकवाल्टन, पाकिस्तानकाअलराउन्डर मोहम्मद हुसैन तलात र हङकङकाबाबर हायतले एनपिएल खेल्ने पक्काभइसकेको छ । टिमको मार्की खेलाडीमा राष्ट्रियटिमकातिव्रगतिका बलर सोमपालकामीछन् । यस्तै टोलीमा राष्ट्रियटोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहितनन्दनयादवछन् । अन्य खेलाडीमा ‘बी’श्रेणीबाटअर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवनकार्की छन् । ‘सी’श्रेणीबाटदीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपकडुम्रे छन् । यसअघिकर्णालीयाक्सले कलाकार स्वस्तिमाखड्कालाई ‘फेस अफकर्णालीयाक्स’नियुक्त गरेको छ । त्यस्तै टिमको हस्पिटालिटीपार्टनरमा हिल्टनहोटल रहेको छ । प्रतियोगितामंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।
प्रतिक्रिया