images

आजको मौसम ः पहाडका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं।जलतथा मौसमविज्ञानविभागले हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीयवायुको सामान्यप्रभाव रहेको जनाएको छ। विभागकाअनुसार गण्डकी र कोशीप्रदेशकापहाडीभागमाआंशिकबदली रहीबाँकीभागमा मौसम सफा रहेको जनाएको छ। तराईका केहीभागमाहल्का हुस्सु लागेको छ। आजदिउँसो कोशी, बागमती, गण्डकीप्रदेशकापहाडीभागमाआंशिकबदली रहीबाँकीभागमा मौसम सफा रहने छ। कोशी र गण्डकीप्रदेशकापहाडीभागका एक–दुई स्थानमाहल्का वर्षाको सम्भावना छ। त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनीप्रदेशकापहाडीभागमाआंशिकबदली रहीबाँकीभागमाभने मौसम सफानै रहने छ। आगामी २४ घण्टामाकोशी र गण्डकीप्रदेशकापहाडीभागका एक–दुई स्थानमाहल्का वर्षाका साथै उच्चपहाडीतथाहिमालीभागका एक–दुई स्थानमाहल्काहिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ। विभागले हल्लकावर्षा हुने स्थानमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडकतथाहवाई यातायातमाआंशिक असर पर्न सक्ने जनाएको छ। हिमालीक्षेत्रमाहल्लकाहिमपातहुने भएकाले हिमपातबाट सतर्कताअपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।
 

बिहीबार २९ कात्तिक २०८१ ०८:२६ AM मा प्रकाशित

प्रतिक्रिया