images

आजको फलफूलतथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

काठमाडौँ । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले बिहीबारकालागि तरकारी तथाफलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार,गोलभेडाठूलो भारतीयको न्यूनतममूल्यप्रतिकिलो ९० रुपैयाँ र सानो लोकलगोलभेडाको मूल्यप्रतिकिलो ६० रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ७५, आलु सेतोको तीन रुपैयाँले घटेर६०, लोकलबन्दाको ७०, काउली स्थानीयको १० रुपैयाँले बढेर १००रुपैयाँपुगेको छ । यसैगरी भन्टाडल्लोको मूल्यपनि १० रुपैयाँले बढेर ६० रुपैयाँ र भन्टालाम्चो १० रुपैयाँले बढेर ४० रुपैयाँकायमभएको छ । रायो सागको मूल्यभने १० रुपैयाँले घटेर ५०रुपैयाँ कायकभएको छ । तोरिको साग ६० ,पालूगो साग ५० र चमसुरको साग १०० रुपैयाँ रहेको छ । त्यस्तै,लोकलगाजर १४० रुपैयाँ, तने बोडी१२० रुपैयाँ, मकै बोडीहिजो भन्दा २० रुपैयाँले बढेर ७० रुपैयाँ, मटरकोशा३० रुपैयाँले बढेर १४० रुपैयाँ, राजमाघिउसिमी१००रुपैयाँ,लौका ६०,घिरौला७० रुपैयाँर लोकल परवर ६० रुपैयाँ रहेको छ । त्यस्तै,अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० केरा १५०,स्याउफूजी २८० रहेको छ । 
 

बिहीबार २९ कात्तिक २०८१ ०८:३७ AM मा प्रकाशित

प्रतिक्रिया