images

डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्र्ने सञ्चारमन्त्रीको निर्णय 

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना तथा प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्र्ने निर्णय सदर गरेका छन् । 
सोमबार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले हस्तान्तरण गरेको उक्त प्रस्तावमा सञ्चारमन्त्री गुरुङले पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा उक्त निर्णय सदर गरेका हुन् ।
उनले भने, ‘राष्ट्रपतिले सम्बोधन गर्नुभएको विषय हो । सञ्चार तथा सूचना तथा प्रविधिको सुरक्षित तथा प्रभावकारी प्रयोगका लागि कानूनी र संस्थागत विकास गर्ने योजना रहेको छ र त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने रहेको छ ।सूचना प्रविधि सम्बद्ध निकायको पुर्नसंरचना गर्ने भन्ने छ । निर्णयको फाइल सदर गरेको छु ।’
उनले पद बहाली गरेको दिन ठूलो कुरा गर्ने तर काम केही नगर्ने भन्दै नीतिगत र संस्थागत अध्ययन गरेर कुन काम मन्त्रालयका लागि आवश्यक हो, कुन काम होइन, त्यो बुझेर मात्रै बोल्ने अठोट व्यक्त गरे । 
 

सोमबार ३१ असार २०८१ ०६:४१ PM मा प्रकाशित

प्रतिक्रिया