राष्ट्रिय भलिबल क्लब लिग : पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

काठमाण्डाै - सातौँ प्रधानमन्त्री कप एनभीए भलिबल क्लब लिगको पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो । पहिलो सेट हेल्प नेपालले जितेकोमा दोस्रो सेट भने फराकिलो अन्तरले गुमायो । तर तेस्रो सेट जित्दै हेल्प नेपाल च्याम्पियन बन्यो ।