images

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।  महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा  १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ ।  बिहीबार तोलामा २२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले घटेर २३ सय १५ रुपैयाँमा कारोवार भैइरहेको छ । 


 

शुक्रबार​ ३० साउन २०८२ १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया