images

निर्माण व्यवसायी संघ बाराका अध्यक्षको निवासमा भएको तोडफोड, लुटपाट तथा आगजनीको महासंघद्वारा भत्सर्ना, निर्माण उद्योगलाई सुरक्षाको प्रत्याभूति दिन माग

भाद्र ३०, काठमाडौं । देशव्यापी प्रदर्शनका क्रममा यही भाद्र २४ गते आफ्ना साधारण सदस्य निर्माण व्यवसायी संघ बाराका अध्यक्ष शेषनाथ प्रसाद शाह तेलीको कलैया उपमहानगरपालिका वडा नम्बर १ राजदेवीटोल स्थित निवासमा गरिएको तोडफोड, लुटपाट तथा आगजनीको घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले दुःख व्यक्त गरेको छ । महासंघका महासचिव रोशन दाहालले सोमवार विज्ञप्ति जारी गर्दै उक्त तोडफोड, लुटपाट तथा आगजनीको घटनाको कडा शब्दमा निन्दा एवं भत्सर्ना गर्दै घटनामा संलग्न उपर तत्काल कानूनी कार्वाही अघि बढाउन जोडदार माग गरेका छन् । तोडफोड, लुटपाट तथा आगजनीबाट साँढे तीन तले अध्यक्ष शाहको घरमा ठूलो क्षति पुग्नका साथै निवास भित्र पार्किङ गरिएको एउटा गाडीमा तोडफोड तथा चार वटा मोटरसाइलमा आगजनी गरिएको छ । प्राप्त प्रारम्भिक जानकारी अनुसार उक्त घटनाका कारण कलैया उपमहानगरपालिक वडा नम्बर १२ का वडाध्यक्ष समेत रहेका शाहको करीब ७०—७५ लाख रुपैयाको भौतिक क्षति भएको महासंघले जनाएको छ । महासंघले शाहलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै अहिलेको विषम परिस्थितिमा देशभर सुरक्षा चुनौती बढिरहेको सन्दर्भमा निर्माण व्यवसायीहरू, निर्माणाधिन भौतिक संरचना र निर्माण उपकरण सहित निर्माण व्यवसायीहरूका घर परिवारको समेत सुरक्षा गर्न सरकारसँग माग गरेको छ ।

सोमबार ३० भदौ २०८२ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया