images

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावितकार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकआइतबार बस्दैछ। दिउँसो १ बजेका लागिबोलाइएको बैठक संसद् भवननयाँबानेश्वरमा  बस्नेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालयबाट प्राप्तकार्यभार थपसम्बन्धीपत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीरहेको छ । त्यस्तै, बैठकमा प्रधानमन्त्रीकेपीशर्मा ओलीले राष्ट्रिय सूचनाआयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। उपप्रधानमन्त्रीएवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथी छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । कानून, न्यायतथा संसदीयमामिलामन्त्रीअजयकुमार चौरसियाले कानून, न्यायतथामानवअधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामाउत्पत्तिभएको विधायनविधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 
 

आइतबार​ ३० भदौ २०८१ १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया