images

मलेसियासँग नेपाल पराजि

काठमाडौं । मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले पराजित भएको हो । ३५–३५ मिनेटमा विभाजन गरिएको खेलमा नेपाली टोलीले १४० मिनेट प्रतिस्पर्धा गरेको थियो । मलेसियाका लागि डारेन लोकले २१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा पेनाल्टीमार्फत डारन लोकले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेका थिए । ४६ औं मिनेटमा स्टुआर्ट विक्लनले गोल गर्दै अग्रता तेब्बर बनाए । ४८ औं मिनेटमा डेनियल टिंङले मलेसियाका लागि चौथो गोल गरे । ६८ औं मिनेटमा नेपालका समिर तामाङले गोल गर्दै अन्तर ४–१ मा झारेका थिए । १३५ औं मिनेटमा मलेसियाका मुखारी अजमल महादीले गोल गर्दै ५–१ को जित पक्का गरे । नेपालले अब केही दिन मलेसियामै अभ्यास गरेर बहराइन जाने छ । बहराइनमा नेपालले फिफा विश्वकप छनोटको दुवै खेल खेल्ने छ । दशरथ रंगशाला खराब भएका कारण नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो । पहिलो खेल चैत ८ र दोस्रो खेल चैत १३ गते हुने छ ।
 

शनिबार ३ चैत २०८० ०८:०८ AM मा प्रकाशित

प्रतिक्रिया