images

नेप्से २८ सय बिन्दु नजिक, १४ अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ३४।६१ अंकले बढेर २७९४।७८ अंकमा पुगेर रोकिएको छ ।नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार पनि उत्साहजनक तबरले बढेको छ । यस दिन कुल ३३० स्टकको १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर कारोबार भएको छ । यस अघि मंगलबार ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिद विक्री भएको थियो ।आज सेन्सेटिभ इन्डेकस ७।८६ अंकले बढेको छ । फ्लोट इण्डेक्स २।६६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २।८२ अंकले बढेको छ ।यस दिन १० प्रतिशत केबिएल डिबेन्चरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको मूल्य यस दिन प्रतिकित्ता १२८।४३ रुपैयाँले बढेर १४१२।९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी यस दिन थ्रि स्टार हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा समेत सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६६।५० रुपैयाँले बढेर ७३१।७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, यस दिन ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ११५।३५ रुपैयाँले बढेर प्रतिकित्ता १४८६।८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।यसदिन माइखोला हाइड्रो पावर लिमिटेडको शेउयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७८।२७ प्रतिशतले घटेर ९१५।९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी नारायणी डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ४९।०७ रुपैयाँले घटेर १६४३।९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।यसदिन बुटवल पावर कम्पनी, सानीमा माइ हाइड्रो पावर, राधी जलविद्युत र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
 

बुधबार १ साउन २०८२ ०४:२७ PM मा प्रकाशित

प्रतिक्रिया