काठमाण्डौँ - भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची बढाएको छ ।
इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको बढेको छ । पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसाले घटेको छ ।
यस्तै, डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ । नेपाल आयल निगम सञ्चालक समिति बैठक बैठक बसेर भारतबाट आएको मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी छ ।