images

अपाङ्गता होइन, अठोटको जित, बैसाखीको सहारामा एमाले महाधिवेशनमा गैरे सन्तोषी रावल,

काठमाडौं । नवलपरासी पश्चिम क्षेत्र नं। २ का प्रतिनिधि थानप्रसाद गैरे नेकपा ९एमाले० को ११औँ महाधिवेशनमा सहभागिता जनाउन सफल भएका छन् । शारीरिक रूपमा अशक्त रहँदै आएका गैरेका खुट्टामा समस्या भएकाले उनी बैसाखीको सहारामा हिँडडुल गर्छन् । शारीरिक कठिनाइका बाबजुद पनि पार्टीप्रतिको निष्ठा र प्रतिबद्धताले उनलाई महाधिवेशनसम्म ल्याएको हो ।नवलपरासीबाट लामो दूरीको गाडी यात्रा गरेर महाधिवेशन स्थलमा आइपुगेका गैरेले अपाङ्गता कमजोरी नभई हौसला र संघर्षको प्रतीक भएको उनको भनाई छ । उनले नेकपा एमालेले जात, वर्ग, क्षेत्र र शारीरिक अवस्थाका आधारमा भेदभाव नगरी सबैलाई समेटेर प्रतिनिधित्व गराएको भन्दै पार्टीप्रति गर्व व्यक्त गरे ।गैरेका अनुसार नेकपा एमाले आफू आबद्ध भएको विचार र सिद्धान्तका आधारमा देशकै सबैभन्दा राम्रो पार्टी हो । ‘पार्टीले हामीजस्ता शारीरिक रूपमा अशक्त व्यक्तिलाई पनि समान सम्मान र स्थान दिएको छ, यही नै एमालेको विशेषता हो,’ उनले भने ।महाधिवेशनमा आफ्नो व्यक्तिगत कुनै पद वा आकांक्षा नरहेको स्पष्ट पार्दै उनले आउने नेतृत्वलाई पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले वर्तमान आवश्यकता अनुसार केपी शर्मा ओलीलाई पुनःपार्टी अध्यक्षमा जिताउन सबै प्रतिनिधिहरूलाई अपिलसमेत गरेका छन् ।अपाङ्गता हुँदाहुँदै पनि महाधिवेशनमा सक्रिय सहभागिता जनाउनु आफ्नो लागि गर्वको विषय भएको बताउँदै गैरेले एमाले पार्टीप्रति आफ्नो विश्वास अझ बलियो भएको धारणा व्यक्त ग्रे । उनको उपस्थितिले पार्टीभित्र समावेशीता र समान अवसरको अभ्यासलाई थप बल पुगेको देखिएको छ ।शारीरिक कठिनाइलाई चुनौती दिँदै पार्टीको महाधिवेशनमा सहभागी भएका गैरेजस्ता प्रतिनिधिहरूले नेकपा एमाले केवल राजनीतिक पार्टी मात्र नभई संघर्ष, समर्पण र समावेशी सोचको साझा मञ्च भएको सन्देश दिएका छन् ।

मङ्गलबार १ पुस २०८२ ११:४३ AM मा प्रकाशित

प्रतिक्रिया