images

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज ९मंगलबार० सुन मूल्य घटेको छ । भने चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ८ सय ८५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ८ सय ६० रुपैयामा कारोबार भएको थियो ।

मङ्गलबार ५ फागुन २०८२ १२:०३ PM मा प्रकाशित

प्रतिक्रिया