नेसनल माइक्रोफाइनान्स लघुवित्तको २१ हजार बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौँ - नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको तीन जना संस्थापक सेयरधनीको २१ हजार २५५ कित्ता सेयर बिक्रीमा ल्याएको छ। सेयर बिक्रीमा राख्ने संस्थापक नरेश नेपाल, शंकर गिरी र गंगा लक्ष्मी अवाल रहेका छन्।

संस्थापक सेयरधनी नरेश नेपालको १३ हजार ४२० कित्ता, शंकर गिरीको ६ हजार ३३५ कित्ता र गंगा लक्ष्मी अवालको १ हजार ५०० कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीले खरिद आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।