अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

 काठमाडौँ - नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको  केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।

नयाँ नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । अखिलको भावी अध्यक्षका लागि बडालसहित आरसी लामिछाने, मोती बिकलगायतले उम्मेदवारी दिएका थिए। विद्युतीय मेसिनमार्फत भएको मतदानमा १ हजार ५१७ मत खसेको थियो । १ सय ९९ केन्द्रीय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।