images

अरुणिमा शिक्षा सदनको अभिभावक दिवस सम्पन्न

काठमाडौँ ६ आइतवार, काठमाडौँको महाङ्कालमा अवस्थित अरुणिमा शिक्षा सदन मा.वि.ले विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम गरेर अभिभावक दिवस–२०८० भव्य रुपमा मनाएको छ । प्रा.डा. ध्रुव कुमार घिमिरेको प्रमुख अतिथि रहनु भएको कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार, गुठियार, सञ्चालक समितिका पदाधिकारीहरु, विद्यालयका प्रिन्सिपल, बुद्धिजिवी, शिक्षाप्रेमी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता थियो ।

विद्यार्थीहरुको विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरुले भरिपूर्ण कार्यक्रममा विद्यालय अभिभावक शिक्षक संघका अध्यक्ष रेवति रमण ढकालले अरुणिमा शिक्षा सदन मा.वि. उत्कृष्ट शैक्षिक गन्तव्य रहेको बताउनुभयो । प्रमुख अतिथि प्रा.डा. ध्रुव कुमार घिमिरेले शिक्षक कर्मचारीको समर्पणका कारण अरुणिमा शिक्षा सदन मा.वि. सफल बन्दै गएको बताउदै अभिभावकले विद्यालयमा आयोजित प्रत्येक भेलामा उपस्थित भई बाबुनानीका गतिविधिलाई बुझ्नु पर्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक शोभा खनालले वर्षभरी विद्यालयमा भएका शैक्षिक गतिविधि, सहक्रियाकलाप र अतिरिक्त क्रियाकलापसँग सम्बन्धित वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बटु प्रसाद न्यौपानेले सबैको सामूहिक प्रयत्नका कारण विद्यालयले प्रगति गर्दै गएको बताउनुभयो । अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुङ्गानाले सभ्य समाजको विकासमा शिक्षाको भूमिका बारे प्रकाश पार्नुभयो । “सर्वाङ्गीण व्यक्तित्व विकासका लागि शिक्षा” भन्ने नारा सहित अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत अरुणिमा शिक्षा सदन मा.वि.सञ्चालनमा छ ।

आइतबार​ ६ फागुन २०८० १०:३२ AM मा प्रकाशित

प्रतिक्रिया