images

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी

काठमाडौं । उत्तम केसी नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा विजयी भएका छन्। संघको शनिबार सम्पन्न २१औँ महाधिवेशन तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिएको हो।

गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसीले २१६ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी सविन श्रेष्ठ ले १३२ मत प्राप्त गरेका थिए। निर्वाचनमा कुल ३५६ मत खसेको थियो।

त्यसैगरी महिला उपाध्यक्षमा पूजना प्रधान तथा उपाध्यक्षमा शिवहरि बैरागी १४६ मतसहित विजयी भएका छन्। महासचिवमा सुनील कटवाल, सचिवमा गोपाल ढकाल र कोषाध्यक्षमा तेजुला खतिवडा निर्वाचित भएका छन्। सहकोषाध्यक्ष पदमा पवन केसी चयन भएका छन्।

यसैगरी सदस्य पदमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान विजयी भएका छन्।

सोमबार ४ जेठ २०८३ ०७:३४ AM मा प्रकाशित

प्रतिक्रिया