काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रति तोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो।