images

जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्याउनुपर्छः सांसद शेर्पा

राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनम गेल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले हालै सोलुखुम्बुको थामेमा गएको बाढी जलवायु परिवर्तनकै असर भएको बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका समस्या बढ्दै गइरहने तर सरकारले आवश्यक तयारी नगर्ने कुरा राम्रो नभएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनबाट नेपाललाई परेको असरबारे सरकारले अन्तर्राष्ट्रिय मञ्चमा मजबुत भइ मुद्दा उठाउनुपर्ने बताउनु भयो । उहाँले अध्ययन अनुसन्धान दिनहुँ हुने तर नागरिकलाई पूर्वसुचित गर्न नसक्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । 
 

आइतबार​ २ भदौ २०८१ ०४:०४ PM मा प्रकाशित

प्रतिक्रिया