images

सोमबारदेखि पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गर्दै आयल निगम

नेपाल आयल निगमले सोमबार पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गर्ने भएको छ । तिहार र छठको छुट्टीपछि निगमले मूल्य बढाउने भएको हो ।  तिहार र छठको छुट्टीपछि भारतीय आयल निगमले हरेक १५ दिनमा पठाउने मूल्य अनुसार नेपाल आयल निगमले बिहीबार नै नयाँ मूल्य सूची प्राप्त गरे पनि सो मूल्य सूची अनुसार स्थानीय बजारमा नयाँ बिक्री मूल्य तय जगरेको बताएको छ। सरकारले दशैं तिहार छठजस्तो महत्त्वपूर्ण चाडबाडलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निर्देशन दिएको थियो। निगमले स्वचालित मूल्य प्रणाली अनुसार ग्याँसलगायतका पेट्रोलियम पदार्थको मूल्य दशैं अगाडि नै बढाएको भए पनि सरकारको निर्देशनसँगै मूल्य वृद्धि फिर्ता लिएको थियो । निगमको अनुसार अहिले सबैभन्दा बढी एसपीजी ग्याँसमा घाटा छ । पेट्रोल, डिजेल र मट्टितेलबाट निगमलाई त्यति धेरै घाटा छैन । छठपछि नयाँ बिक्री मूल्य तोक्दा एसपीजी ग्याँसको घाटालाई कसरी समायोजन गर्ने भन्नेमा निगम व्यवस्थापन नै अलमलमा परेको देखिएको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार अत्यधिक मूल्य वृद्धि गर्दा पनि सरकार अलोकप्रिय हुने दरले सरकारले मूल्य नबढाउन दबाब दिने गरेको छ भने मूल्य नबढाउँदा निगम घाटा पुनः चुलिँदै जाने समस्या छ । यसैबिच अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्य भने घट्दो दरमा रहेको छ ।

शनिबार २ मंसिर २०८० ०९:३४ AM मा प्रकाशित

प्रतिक्रिया