images

आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार ९हिजो० प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १८० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६० रुपैयाँमा किनबेच भइरहेको छ ।बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको थियो ।

बिहीबार ७ फागुन २०८२ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया