images

प्रसाईका बडीगार्डबाट हतियारबरामदपछि गृह सतर्क

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउनामको महाअभियानकाअगुवा बनेका झापाकामेडिकल व्यवसायीदुर्गा प्रसाईँका सुरक्षागार्डले बोकेको हतियारको विषययतिबेलाबहसमाछ । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने क्रममासोमबार प्रसाईँकाबडिगार्डद्वयदीपक खड्का र रामकुमार धिमालपक्राउ परेका थिए। प्रसाईंको मुद्दाको पेसी भएकाले पुगेका उनीहरुका साथमाहतियार फेला परेपछि अदालतको गेटमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट मेड इनजर्मन जीएसजी–५ लेखिएको एउटा स्वचालितहतियार, सानो र ठूलो गरेर चारवटा म्यागजिन, एउटा म्यागजिनहोल्डर रएक सयवटागोली  बरामदभएको थियो । उक्तघटनाले नयाँ मोड लिएको छ । गृहमन्त्रालयले मंगलबार देशभरका जिल्लाप्रशासनसँगव्यक्तिलाई सुरक्षाकालागि राख्नइजाजतदिइएकाहतियारको विवरण मागेको छ । २४ घण्टाभित्र पठाउन परिपत्र गरेको गृहले त्यसको अध्ययन गर्ने भएको छ । हातहतियार खरखजाना ऐनले व्यक्तिगत सुरक्षाकालागिजिल्लाप्रशासनको अनुमतिमाहतियार राख्नदिइने प्रावधानभएपनि एउटाका नामको हतियार अर्कोले बोकेर हिँड्न पाइँदैन । प्रसाईले आफ्नो नाममाझापाजिल्लाप्रशासनकार्यालयबाट लाइसेन्स(इजाजतपत्र) लिएर आफ्ना सुरक्षागार्डलाई हातहतियार बोक्न दिने गरेको पाइएपछि गृह मन्त्रालयले घटनाको छानबिन समेत थालेको छ । प्रसाईंले आफूसँग देशभर जहाँसुकै हतियार बोक्न मिल्नेगरी प्रशासनले लाइसेन्सदिएको जिकिर मात्र गरिरहेका छन् । ‘नेपाल राज्य भर जुनसुकै अवस्थामालिएर हिँड्न र प्रयोग गर्न पाउने’ लाइसेन्समै उल्लेख रहेको पाइएपछि प्रसाईं अनुसन्धानको घेरामातानिएका छन् । लाइसेन्स प्रसाईको नाममा,बोक्ने व्यक्तिचाहिँफरक पाइएपछि गृहले अनुसन्धानथालेको जनाएको छ । गृह मन्त्रालयका सहसचिवएवमप्रवक्ता नारायणप्रसाद भट्टराईले घटना संवेदनशील रहेको जनाउँदै अध्ययन गरिरहेको बताए । ‘व्यक्तिलाई हातहतियार बोक्न दिने विषयभनेको विशेष अवस्थामामात्रहो । हातहतियार खरखजानाऐनमापनित्यो प्रष्ट व्यवस्था छ । जिल्लाबाहिर लानपनि स्थानीयप्रशासनलाई जानकारी गराउनैपर्छ,’ प्रवक्ता भट्टराईले नेपालन्यूज बैंकसँगभने,‘जहाँपायो त्यहीं बोकेर हिड्दा सर्वसाधारण त्रसित हुन्छन् भन्ने कुरा सबैले बुझ्नपर्छ ।’ तर प्रसाईले पाँचवर्षयताजहाँसुकै हतियारलिएर हिड्ने गरेको, हजार राउण्डभन्दा बढी गोलीबोकेर हिड्ने गरेको बताएका छन् । प्रसाईले जिल्लाप्रशासनकार्यालय झापाबाट २०७५ सालमाहतियारका लागिइजाजतलिएर नियमितनवीकरण गराइरहेको पाइएको छ । आफ्ना सुरक्षागार्डलाई दिएरजहाँसुकै बोकेर हिड्ने गरेको पाइएको छ । तर प्रसाईले ऐनले हतियार कहाँकहाँ लैजानपाउने, कसले प्रयोग गर्ने जस्ता विषयमा स्पष्ट व्यवस्थानभएको बताउने गरेका छन् । हातहतियार तथा खरखजानाऐन, २०१९ ऐन अनुसार व्यक्तिगत सुरक्षाकालागिहातहतियार राख्नपाउने व्यवस्था गरेको छ । यससम्बन्धीनियमावली, २०२८ मा हावादारी बन्दुकबाहेक एक व्यक्तिलाई बढीमा तीननालसम्म र एक परिवारलाई बढीमा ६ नालसम्महातहतियार राख्नइजाजतपत्रदिनमिल्ने प्रावधान छ । हतियार राख्नकालागि उमेर र मानसिक स्वास्थ्य, नागरिकता र प्रतिष्ठा संगीनफौजदारी अभियोगमा सजायनपाएको, सिकार र हातहतियारसम्बन्धी कसुरमा सजायनभोगेको हुनुपर्छ । त्यसैगरी, हातहतियार खरखजाना (दशौं संशोधन) नियमावली, २०७८ ले हातहतियार राख्नतिर्नुपर्ने शुल्कको व्यवस्था गरेको छ । जसअनुसार पेस्तोल, रिभल्वर वामिनिएचर राइफलसहितअन्य राइफल राख्नप्रत्येकको पाँचहजार रुपैयाँइजाजतपत्र दस्तुर बुझाउनुपर्छ । नेपालभरको हकमा ६ हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने प्रावधान छ । नवीकरण दस्तुर जिल्लाभर तीनहजार र नेपालभर पाँचहजार रुपैयाँतोकिएको छ । त्यस्तै टोटावाल बन्दुकवामिनिएचर राइफलप्रत्येकको जिल्लाभर इजाजतपत्र दस्तुर चार हजार र मुलुकभर पाँचहजार रुपैयाँतिर्नुपर्ने हुन्छ । भरुवाबन्दुक राख्नकालागिसमेत तीनहजार रुपैयाँशुल्कतोकिएको छ । आफ्नो सुरक्षामाखतरा भएको भन्ने व्यक्तिहरूलाई जिल्लाप्रशासनले हातहतियारसहितको सुरक्षाप्रदानगर्दै आएको छ । यद्यपिप्रतिरक्षाकानाममादिइने हतियार जथाभावीचलाउनभने पाइँदैन । हातहतियार खरखजानाऐन २०१९ को दफा २० (२) अनुसार अवैध हातहतियार राख्ने व्यक्तिलाई ३ वर्षदेखि ५ वर्षसम्म कैद वा ६० हजारदेखि १ लाखरुपैयाँसम्म जरिवानावादुवै सजायहुने व्यवस्थाथियो । तर उक्त सजायको सट्टा ६महिनादेखि कैद र १ वर्षसम्म सजायवा ६० हजारदेखि १ लाखरुपैयाँसम्म जरिवानावादुवै सजायनयाँव्यवस्थालागु भएको छ । केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०७२’ मार्फत् हातहतियार खरखजानासम्बन्धी सजाय घटाइएको हो ।
 

मङ्गलबार ६ चैत २०८० ०९:०६ PM मा प्रकाशित

प्रतिक्रिया