images

महाजात्रा’को विश्वव्यापी ग्रस २६ करोड ६५ लाख

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’प्रदर्शनको शुक्रबारबापाचौँ सातामाप्रवेश गरेको छ । 
फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।
नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म ‘महाजात्रा’अन्तर्राष्ट्रिय बजारमा सर्वाधिककमाइ गर्ने नेपालीफिल्म बनेको छ । 
फिल्मकानिर्माताम्याक्स दीपेश खत्रीले अन्तर्राष्ट्रियबजारमा बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपालीकला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगीभूमिकानिर्वाह गर्न पाउँदाआफूसहित सम्पूर्ण टिम हर्षित भएको बताए ।
अन्तर्राष्ट्रिय वितरक कम्पनीएमएसएम इन्टरटेन्मेन्टका अनुसार नेपालपछि अष्ट्रेलियामा ९० बढी शो, अमेरिकामा ६५ बढी शो, न्युजिल्यान्डमा १४ शो, युरोप अन्तर्गतका देशमा ५० शो, क्यानडामा १२ शो, जापानमा १५ शो र दक्षिण कोरियामा १२ शो भईसकेको छ । 
यस्तै, अष्टेलियाको सिड्नीमाअत्यधिकप्रदर्शन हुने नेपालीफिल्म ‘महाजात्रा’ बनेको छ । अप्रिल २१ सम्मको यसको कुल ३३ शो सेड्युल गरिएको छ । यतिशो अहिलेसम्म सिड्नीमाकुनै नेपालीफिल्मको गरिएको छैन ।
प्रदीप भट्टराईको लेखन तथानिर्देशनमातयार भएको फिल्ममा हरिवंशआचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंगशाही, प्रकाश घिमिरे, राजारामपौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । 
म्याक्स दीपेशखत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमानिर्माण गरेका फिल्मकाकार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँहुन् । 
षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमानयाँफिल्मदर्शक माँझल्याउने घोषणा समेत गरेको छ ।
 

शुक्रबार​ ७ बैशाख २०८१ ०५:०३ PM मा प्रकाशित

प्रतिक्रिया