images

कर्णाली प्रदेश समाज जापान, कान्साई क्षेत्रीय समितिद्वारा बीबीक्यू कार्यक्रम आयोजना

ओसाका, जापान । कर्णाली प्रदेश समाज जापान, कान्साई क्षेत्रीय समितिले आगामी जुन २८ तारिख आइतबार बीबीक्यू (BBQ) कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा तथा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको समितिले जनाएको छ।

“सामाजिक एकता, सहकार्य, समृद्धि र सुशासनमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा कान्साई क्षेत्रमा बसोबास गर्ने कर्णालीवासीसहित सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रम ओसाका सहरको योडोगावा–कु, निशिनाकाजिमा २–१–१ मा बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा स्वादिष्ट बार्बेक्यु परिकारका साथै सहभागीहरूबीच आपसी चिनजान, भेटघाट तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत समावेश गरिने आयोजकले जानकारी दिएको छ।

समितिले जापानमा रहेका नेपाली समुदायबीच एकता र सहकार्यको भावना अभिवृद्धि गर्न यस्ता सामाजिक कार्यक्रमहरू महत्त्वपूर्ण हुने उल्लेख गर्दै सबैलाई परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।

शुक्रबार​ ५ असार २०८३ ०४:२९ PM मा प्रकाशित

प्रतिक्रिया