जनकपुर - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्ने गरी आएको बताएका छन् ।
जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रशंशा गर्न लायक भएको बताएका छन् । ‘सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ’ नेपालले भने ।