काठमाडौँ - नेपाली बजारमा सुन घटेको छ। मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
सोमबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ३० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रति तोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको थियो ।