काठमाडौँ - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ८९ पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ । हिजो डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्रीदर १३१ रूपैयाँ ७९ पैसा रहेको थियो ।
डलरको खरिद दर १ रूपैयाँ ४९ पैसा र बिक्रीदरमा ३९ पैसाले डलरको भाउ बढेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ २९ पैसा र बिक्री दर १४३ रूपैयाँ ६९ पैसा रहेको थियो । यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसा रहेको छ ।
यसैगरी, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ५७ पैसा र बिक्री दर १६८ रूपैयाँ ४३ पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर १० रूपैयाँ २५ पैसा रहेको छ ।