काठमाण्डौँ - नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्को साता ल्याउने भएको छ । आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अर्को साता ल्याउने जानकारी दिएका हुन् ।
आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले मौद्रिक नीतिबारे छलफल गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई बैठकमा डाकेको थियो ।
सो बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरु र तिनीहरुको प्रवृत्ति लगायतका विषयमा छलफल गरिएको थियो ।