images

ट्रक व्यवसायीहरुको समस्या समाधानका लागि प्रतिबद्ध छु : मन्त्री दाहाल

४ साउन, काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ट्रक व्यवसायीहरुले भोग्दै आएको समस्या समाधानका लागि आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासंघको प्रतिनिधि मण्डलसँगको भेट्का क्रममा मन्त्री दाहालले आफु व्यवसायीहरुको समस्या समाधानका लागि प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले ट्रक व्यवसायीहरुको समस्याको दिर्घकालिन रुपमा समाधान गर्न छिटोभन्दा छिटो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ सहितको प्रतिनिधि मण्डलले मन्त्री दाहाललाई भेटी ट्रक यातायात व्यवसायीहरुले भोग्दै आएका समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए । व्यवसायीहरुसँग कुराकानी गर्दै मन्त्री दाहालले समस्या समाधान गर्नु राज्यको दायित्व भएको भन्दै आफु त्यसप्रति गम्भीर रहेको बताउनुभएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिनुभयो । मन्त्री दाहालले केही दिनमै पुनः ट्रक यातायात व्यवसायीहरुलाई थप छलफलका लागि बोलाउने बताउनुभएको महासचिव बाँनियाले जानकारी दिनुभयो ।

शनिबार ५ साउन २०८१ १०:४३ AM मा प्रकाशित

प्रतिक्रिया