images

पूर्वगृहमन्त्रीलामिछानेलाई आजअदालतमाउपस्थित गराइँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आजअदालतमाहाजिर गराइँदैछ। शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरी कास्कीप्रहरी कार्यालय पु¥याइएका लामिछानेमाथि अनुसन्धानकालागिम्यादथप गर्न आइतबार प्रहरीले कास्कीजिल्लाअदालतमाउपस्थित गराउनलागेको हो । लामिछानेविरूद्ध कास्कीजिल्लाअदालतले सहकारी ठगी र संगठित अपराधको कसुरमा अनसुन्धानकालागिपक्राउपुर्जी जारी गरेको थियो । शनिबार अदालतबन्द रहेकाले प्रहरीले लामिछानेलाई आइतबार मात्रै अदालतमाउपस्थित गराउनलागेको हो । जिल्लाप्रहरी कार्यालयमा लामिछाने र सहकारी ठगी मुद्दामै पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई छुट्टाछुट्टै कक्षमा राखिएको छ। तर प्रहरीले उनलाई बढी सुविधादिएको छ। हिरासतकक्षकाअन्य कोठामा थुनुवाको भीड भएपनि लामिछाने र जोशीएक्लै बस्न पाएका छन्। साधारण थुनुवालाई भन्दाउनीहरूलाई खुकुलो र सजिलो छ। आइतबार म्यादथप गरेपछि प्रहरीले लामिछानेसँग बयानलिने र अनुसन्धान अघि बढाउनेछ। अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता हुन्छ। अनि लामिछानेलाई कारागार राखेर अदालतीप्रक्रिया अघि बढाउने कि पुर्पक्षकालागि कारागार पठाउने भनेर थुनछेक बहस हुन्छ। थुनछेकआदेशमा लामिछानेलाई कारागार पठाउने कि बाहिर बसेर मुद्दा लड्न दिने निर्णय आउनेछ।
 

आइतबार​ ४ कात्तिक २०८१ ०७:५९ AM मा प्रकाशित

प्रतिक्रिया