images

लन्डनमा नेपाली गहना पसल

बेलायतमा नेपालीहरुको सबैभन्दा सघन बसोबास भएको शहर अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामको सुनचादीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबमस गर्न थालेका गायक श्याम सामसोहाङ राईले अर्का गायिका जानुका राईसंग मिलेर उक्त ब्यबसाय शुरु गरेका हुन् ।
बेलायत स्थित अल्डरशटमा हिजो नेपालिज ज्वैलरी एसोशियसनका अध्यक्ष तथा आदिबासी जनजाती महासंघका पनि अध्यक्ष मेजर रिटायर्ड योगेश कोयी राईको प्रमुख आतिथ्यमा ह्याप्शायर काउण्टीका काउन्सिलर बिल ओ डोनाभान तथा चर्चित नायिका तथा नाटयकर्मी सिर्जना सुब्बाले संयुक्त रुपमा उत्घाटन गरेका छन् । 
लण्डनदेखि नजिकै रहेको अल्डरशट बसोबासको लागि मात्र नभई नेपालीहरुका लागि ब्यपारिक केन्द्रको रुपमा समेत बिकास हुदै गइरहेको छ । नेपालीहरुले दर्जनौ रेष्टुरेण्टदेखि किराना पसलहरु खोलेका छन् । यहाँ करिब एक दर्जन सुनचाँदीका पसलहरु संचालनमा रहेका छन् ।
नेपालीहरु पहिल्यदैखि सुनचाँदीका गहनामा सौखिन रहेका र शुरक्षित लगानीको रुपमा समेत नेपालीहरुले सुन किन्न थालेकाले सुन ब्यबसायमा आफुहरु आकर्षित भएको गायक श्यामले बताए ।
सुम्निमा ज्वैलरी एण्ड कलेकशनमा सुनचाँदीका अलावा बिभिन्न जातजातीका पोशाकदेखि हस्तकलाका सामाग्रीहरु समेत बेच्न राखिएको गायिका जानुका राईले बताइन । ‘’हाम्रो पसलमा सुनचाँदी बाहेक हस्तकालाका साथमा नेपालीहरुको शान खुकरी, सबै जातजातीका पोशाक, उनीहरुको साँस्कृतिक बाजा लगायत बिभिन्न शोभनिरका सामाग्रीहरु सुफत मुल्यमा बेच्न राखेका छौ । यहाँ पसलमा आएर तपाईहरुले छानी छानी किन्न सक्नु हुन्छ भने अनलाइन मार्फत बिश्वभरी डेलिभरीको ब्यबस्था समेत गरेका छौ’’ जानुकाले थपिन् । गायिका जानुका राई मुन्दुमी गायिकाको रुपमा चर्चित छन् भने उनले नेपाली कथानक चलचित्र बिनायोमा समेत पाश्र्व गायन गरी गरिसकेका छन् ।
गायक श्यामले भने “आफुहरु नेपालमा पनि ब्यबसायको थोरबहुत अनुभब लिएर आएको हुदा नयाँ ठाउँमा नयाँ ब्यबसाय शुरु गर्न त्यति धेरै चुनौती छैन  । अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रमक ब्यापारको रणनीति अपनाएर अगाडी बढ्नेछौ ।” गायक  श्यामका मुर्चुङगामा रोए म साराङगीमा रेटिए, मैच्याङ हौ मैच्याङ हौ लगायतका गीतहरु लोपप्रिय छन् । पछिल्लो समय मुन्दुम ट्रेलका प्रबद्र्धकका रुपमा समेत चर्चा कमाएका उनल.‘मुन्दुम ट्रेल’ नामक संस्मरणात्मक पुस्तक गत बर्ष सार्बजनिक भएको थियो ।

मङ्गलबार ८ माघ २०८१ ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया