रौतहट । प्राइम सेरामिक्स प्रालिले रौतहटको गरुडा बजारमा आधिकारिक टायलको शोरुम सञ्चालनमा ल्याएको छ ।गरुडा नगरपालिका–४ बजारमा रहेको गुप्ता हार्डवेयरले सो कम्पनीको टायल बिक्रि गर्ने भएको हो ।प्राइम सेरामिक्स प्रालिका अध्यक्ष आशिष गर्गले एक कार्यक्रमका बिच उक्त शोरुमको उदघाटन गरेका हुन् । उनका अनुसार अब उपभोक्ताहरुले छानीछानी आफूलाई मन परेको डिजाइनको आधुनिक प्रविधिमा आधारित भित्ता र भुइँ टायलहरु खरिद गर्न सक्नेछन ।कम्पनीले विभिन्न ६ सय आकर्षक डिजाइनको प्राइम टायल उत्पादन गर्दै आएको उनले उल्लेख गरेका छन ।भारतमा उत्पादन हुने टायल भन्दा यो कम्पनीले ३० देखि ४० प्रतिशत सस्तो मूल्यमा टायल बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ।यो कम्पनीेले नेपालको २० प्रतिशत टायल उत्पादन गर्दै आएको छ ।प्राइम सेरामिक्स प्राली तीन वर्ष अघि रौतहटस्थित बृन्दावन नगरपालिका–६ मा तीन अर्ब भन्दा बढी रुपैयाँको लागतमा १० बिघा क्षेत्रफलमा स्थापना भएको थियो । अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्र मार्फत यो उद्योगले भित्ता र भुइँको टायल उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया