काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजको राष्ट्र बैङ्कका अनुसार अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । केन्द्रीय बैंकका अनुसार, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४५ पैसा तोकिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ १५ पैसा र बिक्रीदर १७५ रूपैयाँ ९१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ७४ पैसा तय गरिएको छ । यस्तै,क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५९ पैसा र बिक्रीदर १०४ रूपैयाँ ०४ पैसा निर्धारण गरिएको छ । केन्द्रीय बैंकले आज जापानी येन १० को खरिददर ०९ रूपैयाँ २१ पैसा र बिक्रीदर ०९ रूपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १५ पैसा कायम गरेको छ । यसैगरी केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ०४ रूपैयाँ १२ पैसा र बिक्रीदर ०४ रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३३ पैसा र बिक्री दर ३१ रूपैयाँ ४७ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर ०९ रूपैयाँ ६६ पैसा र बिक्रीदर ०९ रूपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३ रूपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ५२ पैसा निर्धारण भएको छ । हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८२ पैसा र बिक्रीदर १७ रूपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ४५० रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ९७ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३६१ रूपैयाँ १७ पैसा तय गरिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
प्रतिक्रिया