images

पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना

काठमाडौं । आज काठमाडौं उपत्यकासहित बागमती, कोशी र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ । 
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली हुनेछ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ,जसकारण कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ ।
सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । मधेस प्रदेशको तराई भू–भागका केही स्थानहरुमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
 

सोमबार १० बैशाख २०८१ ०६:५२ AM मा प्रकाशित

प्रतिक्रिया