images

दक्षिण एसियाली कुराँशच्याम्पियनसिप ः नेपाललाई २ स्वर्णसहित ५ पदक

काठमाडौं । भारतको केरलामाभएको प्रथम दक्षिण एसियाली कुराँशच्याम्पियनसिपमा २ स्वर्ण र ३ रजतपदकसहित नेपाल दोस्रो भएको छ ।
बैशाखशनिबार सम्पन्नप्रतियोगितामादिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदकजिते । 
परि घर्ती मगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथिदीपिका अछाजुले रजतपदकप्राप्त गरे । दिक्षाले ४४ केजीमुनिको तौल समूह र योगेन्द्रले सिनियर ८१ केजीमुनिको तौल समूहमापहिलो स्थानहासिल गरेका हुन् ।
दिक्षा र योगेन्द्र दुवैले फाइनलमाभारतीय खेलाडीलाई हराएको बताइएको छ ।
अर्जुनले ६० केजीमुनितथा परिले महिलाजुनियर ६३ केजीमुनितौल समूहतथादीपिकाले सिनियर ८७ केजीतौल समूहमा दोस्रो स्थानहासिल गरेका हुन् ।
दिक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भएकीथिइन् । च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 
दुईदिने प्रतियोगितामाआयोजकभारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडीको सहभागिता रहेको बताइएको छ ।
 

सोमबार ९ बैशाख २०८१ १२:२४ PM मा प्रकाशित

प्रतिक्रिया