दक्षिण कोरिया । दक्षिण कोरियामा क्रियाशील दोलखाली समाज दक्षिण कोरियाको सातौं अधिवेशन हुने भएको छ। समाजको नेतृत्वलाई थप प्रभावकारी बनाउने, आगामी कार्ययोजना तय गर्ने तथा संस्थागत एकतालाई मजबुत बनाउने उद्देश्यले अधिवेशन आयोजना गर्न लागिएको अध्यक्ष अभि थापाले बताए।
अधिवेशन २०२६ मे २४ तारिक गते बिहान ११ः३० बजे सुवन गेट नम्बर ११ अगाडि रहेको उरि हिमालयन रेस्टुरेन्टउरी हिमालयन रेस्टुरेन्ट मा हुने तय गरिएको छ। कार्यक्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण दोलखाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ। समाजका सदस्यहरूबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने, संगठनलाई सशक्त बनाउने तथा आगामी योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने साझा उद्देश्यसहित अधिवेशन आयोजना गर्न लागिएको समाजले जनाएको छ।
यस अवसरमा सामाजिक तथा सांस्कृतिक गतिविधिहरू समेत आयोजना गरिनेछ, जसले प्रवासमा रहेका दोलखालीहरूबीच एकता, सद्भाव र आफ्नो पहिचानप्रतिको अपनत्वलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। आयोजक दोलखाली समाज दक्षिण कोरियाले अधिवेशन सफल बनाउन सबैलाई सक्रिय सहभागिताका लागि अध्यक्ष थापाले अनुरोध गरेका छ।
प्रतिक्रिया