ओसाका, जापान । गैर आवासीय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको आगामी कार्यकालका लागि संयोजक पदमा भिम बहादुर घर्ति (अनुप)ले आफ्नो उम्मेदवारी दिनुहुने भएको छ ।
सुखमापनि दुखमापनि प्रभाबकारी एनआरएनए भन्ने मूल सन्देश लिएर क्षेत्रमा रहि केन्द्रसंग समन्वकारी भुमिका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नु भएको छ । बाग्लुङ्ग गल्कोटका घर्ति सन् २०१२ मा जापान प्रबेश गर्नु भई २०१३ देखीनै एनआरएनएको सदस्यता लिएर सक्रिय रुपमा एनआरएनएको गतिवीधी तथा सामाजिक सेवाका क्रियाशील रहँदै आउनु भएको बताउनु भयो ।
एनआरएनएको २०१७-२०१९ को कार्यसमिति सदस्य र २०२३-२०२५ उप-संयोजक पदमा रहि काम गरिरहेको र गल्कोट समाजको केन्द्रिय सदस्य, मगर समाज र जनजाति महासङ्घ क्षेत्रीय समिति कान्साईको सल्लाहकारको रूपमा र अन्य बिभिन्न स्पोर्टस् क्लबहरुको सल्लाहकार सद्स्य रहि ओसाकामा हुने नेपाली समुदायका विभिन्न गतिविधीहरुमा सक्रिय रहेर सुखदुख एवं भैपरि आउने समस्याहरूमा हातेमालो गर्दै आईरहेको समेत बताउनु भयो ।
एनआरएनए जापान कान्साई क्षेत्रीय समितिकोको व्यवस्थीत सम्पर्क कार्यालय स्थापना गरी २४ सै घण्टा सम्पर्क गर्न सकिने फोनको व्यवस्था गर्ने र कान्साइमा रहेका हरेक नेपालीलाई भैपरि आउने समस्यामा सम्पर्कको लागि क्योटो, ह्योगो, नारा, साकाई, ओसाकामा अलग अलग स्थानमा एनआरएनएको दुईदुई जना सदस्य र सम्पर्क नम्बरको व्यवस्था गरी यहाँ भएका अन्य सामाजीक संघसंस्था संग सहकार्य गरि भईपरि आउने समस्याहरु सहज रुपा समाधान गर्न योजना बनाई लागु गर्ने र नवआगन्तुक नेपालीहरुलाई कार्यस्थलमा भएका भाषागत समस्याहरुलाई एकआपसमा सहकार्यको लागि बिभिन्न कर्यक्रम आयोजना गरी समाधान गर्ने योजना समेत रहेको बताउनु भयो ।
जापानको टोकियोमा बन्दै गरेको नेपाल हाउसको कार्यलाई सफल बनाउन धेरै भन्दा धेरै नेपालीहरू लाई सहभागि बनाउने र सबै नेपालिहरुलाई अपनत्वको आभास हुने गरेर कान्साईमा रहेर हुर्कदै गरेको नयाँ पुस्तालाई समेत संस्कार र सस्कृती, धर्म र नेपालीपनसंग जोड्नको लागि तथानेपालि कला संस्कृती झल्कने नेपाली मन्दीर बनाउने एवं नेपाली दुताबास जापान तथा एनआरएनए जापान केन्द्रसङ्ग सहकार्य गरि जापानबासि नेपालीहरूलाई सहजताको लागि भुमिका निर्बाह गर्ने योजना रहेको पनि उल्लेख गर्नू भयो ।
बिभिन्न संघसंंस्था सामाजिक ब्यक्तित्व तथा अग्रजहरूको सल्लाह र सुझाबलाई आत्मसाथ गर्दै सबै नेपालिहरूको आवाज समेटने गरी सहकार्य एकता र बिस्वासको एनआरएनए बनाउने लक्ष्य लिएको बताउनु भयो ।
प्रतिक्रिया