images

एनआरएनए जापानको अध्यक्षका लागि सुभाष लामिछानेको उम्मेदवारी घोषणा

ओसाका, जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका वर्तमान उपाध्यक्ष  सुभाष लामिछानेले आगामी कार्यकाल ९२०२५–२०२७० का लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

“समावेशिता, जवाफदेहिता र कार्यक्षमता — यी तीन स्तम्भमा टेकेर म एनआरएनए जापानलाई अघि बढाउने छु।” उहाँको प्रतिबद्धता छ । उहाँले संस्थामा सशक्त संरचना, नयाँ पुस्ताको सहभागिता, र व्यवस्थापन सुधारलाई प्राथमिकता दिने बताउनु भएको छ ।

सन् २०११ देखि जापानमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आउनुभएका लामिछानेज्यू नेपाली समुदायमा विभिन्न सामाजिक संघसंस्थाहरूको नेतृत्व गर्दै आउनुभएको छ। उहाँले पर्वत समाज जापानमा सदस्य, उपाध्यक्ष तथा अध्यक्षजस्ता महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गर्नुभएको छ। साथै, एनआरएनए जापानमा प्रवक्तादेखि हाल उपाध्यक्ष पदसम्मको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। संस्थागत अनुभवसहित उहाँ अब एनआरएनए जापानको नेतृत्व सम्हाल्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवार बन्नुभएको हो।

जापानमा सन् २०११ देखि रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आउनु भएका लामिछाने केवल व्यवसायमा मात्र नभई, सामाजिक सेवामा पनि समर्पण देखाउँदै आउनु भएको छ ।

एनआरएनए जापानको १२ औं महाधिवेशन यही जुलाई २० तारिख आइतबार  भै सकेको छ भने जुलाई २७ मा आगामी कार्यकालको लागि निर्वाचन तय गरिएको छ ।

मङ्गलबार ७ साउन २०८२ ०६:१० PM मा प्रकाशित

प्रतिक्रिया