images

बढ्यो चिसो ः पहाडमा वर्षा र हिमालमाहिमपातको सम्भावना

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर पश्चिमीवायुका साथै स्थानीयवायुको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाकाअनुसार अहिले मधेश, बाग्मती र कर्णालीप्रदेशकाएकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहितहल्का वर्षाको भइरहेको छ । आजदिउँसो कर्णाली र सुदुरपश्चिमप्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिमप्रदेशका पहाडी भूभागकाथोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागकाएकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशकाउच्च पहाडी तथाहिमालीभूभागकाएकदुई स्थानमाहल्काहिमपातको समेत सम्भावना रहेको छ। आज रातीदेशका पहाडी भूभागमाआंशिकबदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णालीप्रदेशका पहाडी भूभागकाएकदुई स्थानमाहल्का वर्षाको सम्भावना रहेको छ।
 

मङ्गलबार ६ कात्तिक २०८१ ०७:५८ AM मा प्रकाशित

प्रतिक्रिया