काठमाडौँ । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न तीन दलको संयुक्त बैठक बस्न लागेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको बैठक ३ बजे बालुवाटार बस्न लागेको हो ।
बैठकमा राष्टपति निर्वाचन र नयाँ सत्ता समीकरणको विषयमा छलफल हुने बताइएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच दिउँसो सिंहदरवारमा भेटवार्ता भएको थियो । दुई दलका शीर्ष नेताको बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवसहित फेरि बैठक बस्न लागेको हो ।