images

आईपिएलमाचेन्नाई विजयीसुरुवातः आजदुई खेल हुँदै

काठमाडौं । टी–२० फ्रेनचाइज इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । रोयलच्यालेन्जर्स बैंग्लोरमाथि६ विकेटको जितनिनकाल्दै चेन्नाईलेविजयी सुरुवात गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले ६ विकेटको क्षतिमाएक सय ७३ रन बनाएको थियो । बैंग्लोरले दिएको १७४ रनको लक्ष्य चेन्नाईले १८ दशमलव ४ बलमामात्र चार विकेट गुमाएर भेट्टायो । चेन्नाईको जितमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए । अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदानदिए । चेन्नाईका शिवमदुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए । बैंग्लोरकालागिक्यामरुनग्रीनले २, यश दयाल र कर्ण शर्माले १÷१ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरका लागिओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए । ओपनर विराट कोहली २१ रनमा आउट हुँदा  रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा रोकिए ।  अनुज रावतले ४८ रन बनाएर रन आउट हुँदादिनेशकार्तिक २८ रनमा नटआउट रहे । चेन्नईका मुस्तफिजुर रहमानएक्लैले ४ विकेट लिए ।महेन्द्र सिंह धोनीले कप्तानी छोडेपछि चेन्नाई ऋतुराज गायवाडको कप्तानीमा मैदानमाथियो । बैंग्लोर भने फाफ डु प्लेसीको कप्तानीमा छ। त्यस्तै, आईपिएलमाआजदुई खेल हुँदैछन् । पहिलो खेलमापञ्जाबकिंग्स र दिल्ली क्यापिटल भिड्नेछन् ।यो खेलदिउँसो नेपाली समय अनुसार ४ बजे सुरु हुनेछ  । दोस्रो खेलमा कोलकोत्ता नाइट राइर्डस र सनराइर्ज हैदरावादबीचप्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ८ बजे सुरु हुनेछ । 
 

शनिबार १० चैत २०८० ०९:४७ AM मा प्रकाशित

प्रतिक्रिया