images

प्रकाश दाहालको स्मृतिमाअन्तरपालिका भलिबल हुने


काठमाडौं । प्रज्ञा स्मृतिप्रतिष्ठानले वैशाख२२ देखि २५गतेसम्मप्रकाशदाहाल स्मृतिबाग्मतीप्रदेशस्तरीय अन्तरपालिकाभलिबलप्रतियोगिताआयोजना गर्ने भएको छ । 
ललितपुर जिल्लाको महाङ्कालगाँउपालिकाले आयोजना गर्ने प्रतियोगितालाई भव्य रुपमासम्पन्न गर्नको लागिजिल्ला, पालिका र वडा तहमाविभिन्न समितिहरु गठन गरिएको छ र समितिहरुले द्रुत गतिमातयारी गरिरहेको संयोजक डोल्मामायागोलेले बताइन । 
जिल्लातहमाललितपुर जिल्लाखेलकुदविकास समितिले समन्वयतथा सहजीकरणको गरिरहेको, पालिका स्तरमा नेकपामाओवादी केन्द्र तथाअन्य संघसंस्थालेतयारीको काम अगाडि बढाइरहेको उनले जानकारी दिइन ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमतीप्रदेश खेलकुदविकास परिषद्को सहयोग रहेको  छ । त्यसैगरि नेपालभलिबल संघको प्राविधिक सहयोग रहेको छ । 
प्रतियोगितामाप्रदेशभरका १सय१९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षाआयोजकले गरेको छ ।प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रहेको छ भने प्रतियोगिताको विजेतालाई तीनलाख रुपैंयाँ, उपविजेतालाई दुई लाखतथा तृतीयहुने २ टिमलाई १÷१लाख रुपैंयाँप्रदान गरिने छ । साथै, उत्कृष्ट प्रशिक्षक र खेलाडी पाँचजनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार रहेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य सन्तु दराई परवानले जानकारी दिए । 
वैशाख १५ गतेसम्म टिम दर्ताको लागि समय निर्धारण गरिएको छ । टिम दर्ताका लागि १५ हजार रुपैंयाँ रकम राखिएको छ । प्रतियोगिताकाक्रममा १ करोड ३९ लाखखर्च हुने अनुमान गरिएको छ । 
प्रतियोगिताको उद्घाटनप्रधानमन्त्रीपुष्पकमलदाहालले गर्नेछन् भने उद्घाटन समारोहमाविभिन्नदलकाशीर्ष नेतृत्वलाई सहभागी गराउनकालागिपहलभइरहेको आयोजकको भनाइ छ । प्रतियोगितामहाकालमाविको प्राङ्गणमा हुनेछ । 
 

मङ्गलबार १० बैशाख २०८१ १२:३६ PM मा प्रकाशित

प्रतिक्रिया