images

नेप्से ७५ दशमलव ३३ अंकले बढ्यो

काठमाडौं ।  शेयर बजार नेप्से आज उच्च अंकले बढेको  छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर बन्द भएको हो । नेप्से आज दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, होटल, व्यापार, विकास बैंक, जलविद्युत् समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज ३ सय १७ वटा कम्पनीका कारोबार ३ करोड ९७ लाख कित्ता शेयर १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँमा कारोबार भएको छ । आज बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, नेपाल वेयरहाउजिङ र साहस ऊर्जा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
 

मङ्गलबार ८ साउन २०८१ ०५:२९ PM मा प्रकाशित

प्रतिक्रिया