images

गैरआवासीय नेपाली संघ जापान, कान्साईद्वारा हेल्पलाइन नम्बर सार्वजनिक

ओसाका । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापान, क्षेत्रीय समिति कान्साईले यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई समस्या तथा भैपरि आउने अप्ठ्यारोको लागि जीवनयापनमा सहज बनाउनका भनेर हेल्पलाइन नम्बर सार्वजनिक गरेको छ। संघले कान्साई क्षेत्रमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आकस्मिक अवस्था, सामाजिक समस्या वा अन्य आवश्यकतामा तुरुन्त सहयोग पुर्‍याउने उद्देश्यसहित विभिन्न क्षेत्रगत सम्पर्क व्यक्ति तोकेको जनाएको छ।

समुदायलाई आवश्यक परेको बेलामा तत्काल सहयोग, सल्लाह र जानकारी उपलब्ध गराउनका लागि समितिले सम्पर्क नम्बरहरू सार्वजनिक गरेको हो। संघले सबै नेपाली जनसमुदायलाई कुनै समस्या, जिज्ञासा वा सहजीकरण सम्बन्धी सल्लाह आवश्यक परेमा आफ्नो बसोबास क्षेत्रअनुसार तोकिएका सम्पर्क व्यक्तिहरूमार्फत सहयोग लिन आग्रह गरेको कान्साईका संयोजक भीम बहादुर काउचाले जानकारी दिनु भयो ।

क्षेत्रगत हेल्पलाइन नम्बरहरू यस प्रकार छन्:

  • ओसाका क्षेत्र (Osaka Area)
    ०८०–३७५४–६३४३
    ०९०–९६२६–४३४२
    ०८०–३७८०–३३२९
    ०९०–३८२६–८३०५

  • नारा क्षेत्र (Nara Area)
    ०९०–९७६२–६२३७

  • क्योतो क्षेत्र (Kyoto Area)
    ०८०–२४८७–३७९६
    ०८०–६९१९–६९६९
    ०७०–६६२२–२२२९
    ०८०–१९६७–५७००

  • कोबे–हिमेजी क्षेत्र (Kobe Himeji Area)
    ०८०–६१०५–३८३४

  • आवाजिसिमा क्षेत्र (Awajishima Area)
    ०९०–५७३६–५६६९

मङ्गलबार ७ असोज २०८२ ०९:१५ AM मा प्रकाशित

प्रतिक्रिया