images

बुधबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंककाअनुसार आजअमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायमभएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९९ पैसा रहेको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियालएकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायमभएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
 

बुधबार ७ कात्तिक २०८१ ०७:५७ AM मा प्रकाशित

प्रतिक्रिया